https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, पुस १३ गते ।
नेपाली कांग्रेसको १०० दिने विशेष अभियान कार्यक्रम आज तेस्रो दिन नेपाली कांग्रेस पर्साको निर्वाचन क्षेत्र न.१ स्थित वि.म.न.पा वडा न.३० लालपर्सा को प्रसोतिपुरमा सम्पन्न भएको छ । सांगठनिक गतिविधि प्रभावकारी बनाउन असोज ७ गतेदेखि पुस १६ गतेसम्म १०० दिने विशेष अभियान चलाउने निर्णय यश लाई बढाएर माघ १६ गते सम्म समय थप गरिएको छ ।

अभियान लाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका नेपाली कांग्रेसका पूर्व महामन्त्री डाक्टर सशांक कोइरालाले आगामी चुनावमा कांग्रेसले कुनै पनि दलसंग गठबन्धन नगर्ने बताएका छन्।उनले आगामी निर्वाचनमा कांग्रेसको एकल बहुमत ल्याउन पार्टीका नेताकार्यकर्ता अहिलेदेखिनै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जाेड दिए।तर चुनावनमा पार्टीले टिकट नदिदाँ आफ्नै पार्टीका उम्मेदवारलाई हराउन अन्तरघात गर्ने साेच राख्नु गलत भएको उनले बताए ।

कार्यक्रममा पूर्व उद्योग मन्त्री रमेश रिजालले संविधान संशोधनका लागि कांग्रेस र एमाले मिलेर अहिलेकाे सरकार बनाउनु परेकाे बताए ।सरकारमा अहिले गठबन्धन गरिएको भएपनि आउने निर्वाचनमम एमालेसंगै कांग्रेसको मुख्य प्रतिस्पर्धा हुने भएकाले अहिलेदेखि नै कांग्रेसका नेताकार्यकर्ता सतर्क रहनुपर्ने उनकाे भनाई थियाे ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य अनिल रुङ्टाले नेपाली कांग्रेस प्रती आम जनताको बुझाइ र भ्रम भए त्यसलाई चिर्न यो अभियान सफल साबित हुने विश्वास उनको रहेको छ।अभियानले आन्तरिक समस्या भए त्यसलाई समाधान गर्दै अघि बढ्न सहज हुने अपेक्षा गरिएको र जनताका जायज गुनासो भए सम्बोधन गर्दै समाधानको पाटोमा पार्टीलाई लैजान अभियान फलदायी हुने उनको भनाई रहेको छ ।

नेपाली कांग्रेस पर्साका कार्यबाहक सभापति राम नारायण कुर्मीले यश अभियान ले नेपाली कांग्रेस मा भएको समस्या र गुनासोहरु खोजी गरी समाधान गर्नुपर्नेमा जोड दिएका थिए । अहिले संगठनमा भएको विवाद समाधान यश अभियान ले महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।

आज भएको कार्यक्रम कार्यवाहक सभापति राम नारायण प्रसाद कुर्मी को अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा पर्साका नेता , कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट