
राजिव कुमार राय
गाैशाला, पूस १३ गते ।
महोत्तरीको गौशाला नगरपालिका ४ मा विरता स्पोर्टस क्लव गौशालाको आयोजनामा १३ औं संस्करणका स्वर्गीय राम लखन चौधरीे स्मृतिकप खुल्ला नक आउट प्रदेश स्तरीय फुटबल प्रतियोगिता आजदेखि संचालन भएको छ ।
सो खेलको उद्घाटन गौशाला नगरपालिका वडा ४ का वडा अध्यक्ष राम नारायण महासेठले गर्नु भएको थियो । स्वास्थ्य लागि खेलकुद, राष्ट्रियकाे लागि खेलकुद भन्ने नाराका साथ जिवनको लागी खेल अनिर्वाय रहेकोले सरकारबाट खेलकुदको विकासका लागि पनि बिशेष ध्यान दिनुपर्ने वडा अध्यक्ष महासेठले बताउनुभयो ।
उक्त खेलमा १६ वटा टीम सहभागी भएको छ । उदघाटन खेलमा न्यु जेनरेशन युथ क्लव मदनपट्टी महोत्तरी र जन ज्योती युवा क्लव चन्द्रनगर सर्लाहीबिच भएको हो । आजको उदघाटन खेलमा जन ज्योती युवा क्लव चन्द्रनगर सर्लाहीले न्यु जेनरेशन युथ क्लव मदनपट्टी महोत्तरी लाई ३–१ गोलले पराजित गरेको छ ।
सर्लाहीको चन्द्रनगरका कमल शाहीले २ गोल र अभिनाश चौधरीले सकेन्ड हाफको २४ मिनेटमा १ गोल गरेको थियो भने न्यु जेनरेशन युथ क्लव मदनपट्टी महोत्तरीका सौरभ चौधरीले १ गोल मात्र लगाउन सफल भएको थियो । प्रतियोगितामा प्रथम पुरस्कार कप, प्रमाण पत्र , मेडल सहित नगद ७० हजार र दोस्रोलाई कप प्रमाण पत्र मेडल र नगद ३५ हजार र म्यान अफ द सिरिज, गोल स्कोर्र, म्यान अफ द म्याच पुरस्कार प्रदान गरिने विरता स्पोर्टस क्लव गौशालाका सचिव इन्दल कुमार राउतले बताउनुभयो । उक्त टुर्नामेन्ट पुस २७ गते सम्म चलने सचिव राउतले बताए ।
स्वर्गीय राम लखन चौधरी गाविस अध्यक्ष भएकै बेला जनयुद्ध कालमा उनको गोलि हानि हत्या भएको थियो । उनकै सम्झनामा बिरता स्पोर्टस क्लबले २०६८ साल देखी खेल गराउदै आएको क्लबका सचिव इन्दल राउतले बताउनु भएको छ ।




