
गाैशाला, पुस १३ गते ।
महोत्तरीकाे औरही उद्योग वाणिज्य संघमा नयाँ कार्यसमिति चयन गरिएको छ । निवर्तमान अध्यक्ष श्रवण चौधरीको अध्यक्षतामा स्थानिय व्यापारीहरुको उपस्थितिमा सर्वसहमी बाट नयाँ ११ सदस्य नयाँ कार्यसमिति गठन गरिएको छ ।

गठन गरिएको नयाँ कार्यसमितिको अध्यक्षमा संजित मण्डल , उपाध्यक्षमा रामपुनित चौधरी, महासचिवमा राजु चाैधरी, सचिव बिरेन्द्र साह र कोषाध्यक्षमा संतोष साह रहेका छन् । त्यसैगरी सदस्यहरुमा क्रमश: किशन साह ,अरविन्द चौधरी, मुकेश चौधरी , भुवनेश्वर यादव सदस्य, जाविर लहेरी सदस्य र शिवशंकर चौधरी रहेका छन् ।



