https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस १३ गते ।
महोत्तरीकाे मटिहानी नगरपालिकामा नेपाल प्रिमियर लिग (NPL)का विजेता जनकपुर बोल्टसका खेलाडीहरू सहित ट्रफी आज बिहान आइपुग्दा भव्य स्वागत गरिएको छ ।

जनकपुरबाट पिपरा हुँदै मटिहानी नगर क्षेत्रको सिरसिया आइपुग्दा त्यस भेगका जनताहरू बाजागाजा फुलमाला सहित स्वागत गर्दै मटिहानी गाउँमा प्रवेश गरेपछि मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले स्वागत गरेका थिए ।

खेलाडीहरू मटिहानी आइपुग्दा बाजागाजा सहित आतिसवाजी गर्दै मटिहानी बजार क्षेत्र, गाउँको परिक्रमा गराएका थिए ।

यसैगरी मटिहानी-७ स्थित बस स्टेनमा आयोजित स्वागत एवं सम्मान कार्यक्रममा खेलाडीहरुलाई २५ किलोको माला समेत लगाइएको थियो । कार्यक्रममा खेलाडीहरूको सम्मानमा स्वागत नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार