https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, पूस १४ गते ।
महाेत्तरीमा स्व. राम लखन चौधरीे स्मृतिकप फुटबल प्रतियोगितामा खेलमा सुर्यदिप युवा क्लब खैरा, सर्लाही विजय भएको छ । गौशाला नगरपालिका ४ मा विरता स्पोर्टस क्लब गौशालाको आयोजनामा १३ औं संस्करणका स्वर्गीय राम लखन चौधरीे स्मृतिकप खुल्ला नक आउट प्रदेश स्तरीय फुटबल प्रतियोगिता आज दाेस्राे दिनकाे खेलमा सुर्यदिप युवा क्लब खैरा, सर्लाही विजय भएको हाे ।

आईतबार दाेस्राे दिन भएको खेल मैदानमा यूनाइटेड युवा क्लब शन्तपुर (रौतहट) र सुर्यदिप युवा क्लब खैरा (सर्लाही) बीच भएको खेलमा युनाइटेड युवा क्लब सन्तपुर, राैतहटलाई १ गाेलले सुर्यदिप युवा क्लब खैरा सर्लाहीले पराजित गर्दै विजय भएका छन् । सुर्यदिप युवा क्लब खैरा, सर्लाहीका जर्सी नम्बर १२ का खेलाडी राजा रामले दाेस्राे हाफकाे २२ औ मिनेटमा १ गाेल गरेका थिए ।

प्रतियोगितामा १६ वटा टीम सहभागी रहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार कप, प्रमाण पत्र, मेडल सहित नगद ७० हजार र दोस्रोलाई कप प्रमाण पत्र मेडल र नगद ३५ हजार र म्यान अफ द सिरिज, गोल स्कोर्र, म्यान अफ द म्याच पुरस्कार प्रदान गरिने विरता स्पोर्टस क्लब गौशालाका सचिव इन्दल कुमार राउतले जानकारी दिए । उक्त टुर्नामेन्ट पुस २७ गते सम्म चलने सचिव राउतले बताए ।

स्वर्गीय राम लखन चौधरी गाविस अध्यक्ष भएकै बेला जनयुद्ध कालमा उनको गोलि हानि हत्या भएको थियो । उनकै सम्झनामा बिरता स्पोर्टस क्लबले २०६८ साल देखी खेल गराउदै आएको क्लबका सचिव इन्दल राउतले बताउनु भएको छ । निलो जर्सीमा शन्तपुर (राैतहट) र गुलाबी जर्सीमा खैरा (सर्लाही) टिम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार