https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, पुस १४ गते ।
जनता समाजवादी पार्टी, नेपालको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा डा. सुरेन्द्र यादव चयन भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार बसेको विभागको बैठकले डा. यादवलाई सर्वसम्मतिले प्रमुखमा चयन गरेको हो ।

जसपा नेपालका महासचिव रामकुमार शर्मा र केन्द्रीय सचिव शैलेन्द्र साहको उपस्थितिमा आयोजित सो बैठकले विभागको उप प्रमुखमा डा. अब्दुल कलाम अन्सारीलाई मनोनित गरेको छ । विभागको सचिव र अन्य पदाधिकारी लगायत सदस्यहरु चयन गर्न आजै साझ काठमाडौंमा विभागको बैठक बसेर टुंग्याउने बताइएको छ ।

यसैगरी १३ सदस्यीय विभागको सदस्यमा डा. कविता साह, राजेश प्रसाद यादव, पवित्र नारायण यादव र प्रभाकर सिंहलाई मनोनित गरिएको छ । जसपा नेपालमा आवद्ध चिकित्सक, स्वास्थ्यकर्मी, शुभचिन्तकको राष्ट्रिय भेला यही माघको मसान्तमा आयोजना गरिने विभागका प्रमुख डा.यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार