https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, पुष १४ गते ।
तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरुबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले जनमत पार्टी लगायत अन्य पार्टी संग वार्ता र सम्वादलाई अगाडि बढाएको छ ।

सोही क्रममा आइतबार जप्रपाका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा. शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्र सहितको टोलीले जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवसँग सम्वाद गरेको हो ।

संविधान संशोधन र नेपालको वर्तमान अवस्थाबारे साझा एजेण्डा सहित एकीकृत शक्ति निर्माणका लागि जसपा नेपालसँग गहन छलफल भएको जप्रपाका नेता एवं पूर्वमन्त्री मिश्रले जानकारी दिएका छन् ।

जनता प्रगतिशील पार्टीको प्रस्तावप्रति जसपा नेपाल सकारात्मक रहेको उनले बताए । उनका अनुसार जसपा नेपाल पनि मधेशी दलहरुबीच सहकार्यका लागि तयार रहेको छ ।

जसपा नेपालसँगको वार्ता सकारात्मक रहेको बताउँदै नेता मिश्रले यसबारे थप छलफलका लागि आगामी दिनमा फेरि छलफल हुने बताए ।

जप्रपा नेपालका हृदयेश त्रिपाठीले तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि वरिष्ठ उपाध्यक्ष डा. शिवजी यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । जप्रपा नेपालको वार्ता टोलीमा ईश्वरदयाल मिश्र र मोहम्मद साबिर हुसेन सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार