https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जलेश्वर, पुस १४ गते ।
नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार परिवर्तन गर्न हालको भन्दा बलियो गठबन्धन हुनुपर्ने श्रम तथा रोजगार मन्त्री शरत सिंह भण्डारीले बताएका छन । जलेश्वर उद्योग वाणिज्य संघको सभाहलमा उधोग वाणिज्य संघ जलेश्वरले आयोजना गरेको जलेश्वर भन्सारमा सुखा बन्दरगाह निर्माण, तेस्रो मुलुक बाट आयात र प्रादेशिक अस्पताल जलेश्वरको स्तरनोन्नतिका विषयमा छलफल कार्यक्रममा सञ्चारकर्मी सँगको कुराकानीमा उहाँले सो बताएका छन ।

“अहिले जति बलियो सरकार बन्या छ, यो सरकारको विकल्प यो भन्दा बलियो हुनुपर्छ । जोर घटाव गरेर सरकार बनाएर पार लाग्ने रहेनछ र मुलुकलाई आगाडी बढाउने पनि छैन यो कुरा ठुला दलले महसुस गरेछ” उनले बताए । नेपालमा कुनै पनि सरकार बन्ने वितिकै ढलने भनिहालछन अस्थिरतामा आफ्नो अस्तित्व र अस्थिरतामा फाइदा उठाउने तत्व निरन्तर मुलुकमा अस्थिरता भई राखोस त्यसबाट उनीहरुले उनका रोटी सेक्ने काम मात्र गर्ने गर्छन । यो सरकार सुदृढ़ छ,विश्वस्त छ सरकार केहि न केहि जनतालाई अनुभूति दिन्छ अन्यथा कसैले शंका लिनुपर्ने छैन उनले बताएका हुन । वर्तमान सरकार जनअपेक्षा अनुसारको काम गर्न नसकेको प्रधानमन्त्री समेतले स्विकार गरेको पनि श्रम तथा रोजगार मन्त्री शरत सिंह भण्डारी ले बताए ।

उधोग वाणिज्य संघ जलेश्वरले आयोजना गरेको जलेश्वर भन्सारमा सुखा बन्दरगाह निर्माण, तेस्रो मुलुक बाट आयात र प्रादेशिक अस्पताल जलेश्वरको स्तरनोन्नतिका विषयमा छलफल कार्यक्रममा लोसपा नेपालका अध्यक्ष महन्त ठाकुर, मधेस प्रदेश शिक्षा मन्त्री रानी शर्मा तिवारी, मटिहानी नगरपालिका नगरप्रमुख हरि प्रसाद मण्डल, उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष शिवचन्द्र चौधरी लगायत विभिन्न दलका स्थानिय नेता तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार