https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बिरगंज, पुस १५ गते ।
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी प्रवेश कार्यक्रममा कालो झन्डा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यकर्ताहरूलाई भएका छन् ।

उनीहरूको रिहाइपछि राप्रपाका नेताहरुले माला र टिका लगाएर भव्य स्वागत गरेका छन् ।

पक्राउ परेकाहरूमा सखुवाप्रसौन गाउँपालिका – २ श्रीपुर पचंगावाका सञ्जय महतो थारु, सञ्जय चौधरी, र राजेन्द्र आचार्य रहेका थिए । कालो झन्डा प्रदर्शनपछि उनीहरूलाई प्रहरीले सुरक्षाका कारण नियन्त्रणमा लिएको थियो ।

रिहा भएपछि आयोजित स्वागत कार्यक्रममा राप्रपाका नेताहरूले वर्तमान सरकारले अभिव्यक्तिको स्वतन्त्रतामाथि आक्रमण गरेको आरोप लगाए । उनीहरूले लोकतान्त्रिक देशमा नागरिकले विरोध र असन्तुष्टि प्रकट गर्न पाउनु स्वाभाविक अधिकार भएको भन्दै सरकारको आलोचना गरे ।

कार्यक्रममा सहभागी नेताहरूले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरङ्कुश भन्दै आलोचना गरे । “यो सरकार लोकतान्त्रिक मूल्य र मान्यताप्रति संवेदनशील छैन,” एक नेताले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरूले ओलीमाथि देशलाई आर्थिक सङ्कटमा पार्ने र राजनीतिक अस्थिरता सिर्जना गरेको आरोप लगाउँदै विरोध गरेका थिए । यस क्रममा तीन जनालाई पक्राउ गरिएको भए पनि, कुनै ठूलो अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।

पक्राउ र रिहाइको घटनाले पर्सा जिल्लाको राजनीतिक वातावरणलाई तताएको छ भने अभिव्यक्ति स्वतन्त्रता र सरकारप्रति असन्तुष्टिका विषयमा नयाँ बहस सुरु गरेको छ । यात्रा डेली

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट