
गाैशाला, पुस १४ गते ।
तेस्रो 🇮🇳 इन्डो- 🇳🇵नेपाल फुल कन्ट्याक्ट क्योकुशिनक कराते सम्पन्न भएको छ । तेस्रो 🇮🇳 इन्डो – 🇳🇵नेपाल फुल कन्ट्याक्ट क्योकुशिनक कराते च्याम्पियनशिप प्रतियोगिता मन्दसाैरमा सम्पन्न भएको हाे ।
खेलकुद कराते संघ मन्दसौर (एमपी) काे आयोजनामा २७ देखि २९ डिसेम्बरसम्म कौशल्या रिसोर्टमा भएको तेस्रो 🇮🇳 इन्डो – 🇳🇵नेपाल फुल कन्ट्याक्ट क्योकुशिनक कराते च्याम्पियनशिप प्रतियोगितामा नेपाल र भारतका खेलाडीहरु सहभागी रहेको थिए ।
नेपालकाे तर्फबाट मधेश प्रदेशका खेलाडीहरु खुल्ला महिला तर्फ प्रथम ज्योति कुमारी ठाकुर ५० किलो, प्रथम स्नेहा कुमारी चौधरी थारु ४५ किलो, प्रथम आस्था कुमारी ठाकुर ५० किलो, प्रथम शिव नन्दन महतो ४५ किलो, दोस्रो सुदिप कुमार साह ५५ किलो, दोस्रो रोहन महतो ५५ किलो, दोस्रो अरुण ६० किलो, तेस्रो प्रमोद ४५ किलो, दोस्रो राहुल ५५ किलो, तेस्रो फुले कुमार चौधरी थारु विजेता भएको नेपाल क्योकुशिन बुदो कराते सेकाइ इन्टरनेशनल संघ मधेश प्रदेश प्रमुख सेन्सेइ संजिप कुमार चौधरी जानकारी दिनु भयो । प्रशिक्षक माे. हुसेन र प्रशिक्षक सदरे आलम समेत प्रतियोगिता गएको थियो ।












