https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

दमक, पुस १५ गते ।
खवरदारी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आज कार्यकर्ताले केराको पातमा खाना खुवाएर सत्कार गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले झापाको गौरीगञ्ज गाउँपालिका–१, महाभाराका माओवादी कार्यकर्ता तिलक राजवंशीको घरमा खाना खाए । उनलाई कोच संस्कृति अनुसार बिहानको खाना खुवाईएको थियो ।

दाहालले भुईमा पलेँटी कसेर केराको पातमा उसिना चामलको भात, लाफाको पेल्का (लाफा सागको चिप्लो दाल) आलु र काउलीको भाजी तथा रहु माछाको परिकार खाए। कोच संस्कृतिमा पलेँटी कसेर खाना खाने चलन छ ।

दाहालसंगै हरिबोल गजुरेल, इन्द्र आङबो, सावित्रीकुमार काफ्ले, जीवन आचार्य, धर्मशीला चापागाँईलगायत करिव ७५ जना नेता कार्यकर्ताले तिलकको घरमा खाना खाएका थिए ।

शेरादरबारको जग्गा तुरुन्तै फिर्ता ल्याउन सरकारलाई चुनौती
अध्यक्ष दाहालले करिव १२–१५ वर्षअघि आफ्नो पार्टी छाडेका व्यक्तिको नाम जोडेर गलत प्रचार भइरहेको जिकिर गर्दै शेरादरबारको जग्गा सरकारको नाममा ल्याउन चुनौती दिए ।

पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा परिचित नुवाकोटको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा नेकपा माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा पुगेको खुलेको थियो ।

नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरो (सीआईबी)ले ४ महिना लामो अनुसन्धानपछि जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्षसहित भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ ।

दाहालले भ्रष्टाचार र बेथितिको मुद्दामा आफनै पार्टीका नेता देखिए पनि छुट दिने पक्षमा आफु नरहेको वताए। योसँगै गिरिबन्धु टि–स्टेट घोटालाको फाइल खोलेरै छाड्ने पनि बताए। उनले गिरिबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले भने– ‘मलाई जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको छ । गिरिबन्धु, यति, ओम्नी, वाइडबडी घोटालाको फाइल खोलेर नै छाड्छु भनेको छु। मेरो सुई गिरिबन्धुतिर जाँदै थियो । त्यहाँ जाने भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो । त्यही भएर आतंक भएको हो तपाईँले ढुक्कसँग बुझे हुन्छ। फाइल खोलेरै छाडिन्छ’ ।

दाहालले प्रधानमन्त्री ओली जस्ता जाली, झेली, कपटी मान्छे कोही नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट