
पर्सा, पुस १६ गते ।
सशस्त्र प्रहरीले बिरगंज भन्सारको मुलद्वारा अगाडिबाट ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध सहित एक जना पक्राउ गरेको छ ।
तेस्रो लिङ्गीको रुपधारण गरि भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पर्साको बहुदरमाई नगरपालिका–३ नगरदाहाका मिश्रि रामको साथबाट लागूऔषध बरामद गरेको हो ।
भारतबाट पैदल आउँदै गरेका उनले टाउकोमा बोकी ल्याउँदै गरेको हरियो खुर्साको बोराभित्र लुकाई छिपाई राखेको डाईजेपाम ४ सय ९० एम्पुल, बुप्रेनोर्फिन ४ सय ९९ एम्पुल, नोफिन २ सय ९७ एम्पुल र प्रोमाथाजिन हाईड्रोक्लोराई ईन्जेक्सन ४ सय ९७ एम्पुल फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका रामलाई थप अनुसन्धान र कारबाहीका लागि इनर्वा प्रहरी चौकीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।