https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राैतहट, पुस २१ गते ।
राैतहटकाे गौर नगरपालिका वडा नम्बर ८ पुरेनवामा शनिबार दिउँसो एक जना पुरुषको निधन भएको छ। चिसो मौसमका कारण स्थानीय ४१ वर्षीय एकरामुल हकको मृत्यु भएको बताइएको छ।

पारिवारिक स्रोतका अनुसार हक शनिबार बिहान टेम्पु चलाएर गौर आएका थिए। करिब १० बजे खाना खानका लागि घर फर्केका उनी खाना खाएपछि गाउँमा आगो ताप्न गएका थिए। आगो ताप्ने क्रममा अचानक हिचकी आएर अचेत भएका हकलाई उपचारका लागि प्रादेशिक अस्पताल ल्याउने प्रयास गरिए पनि बाटोमै उनको निधन भएको थियो।

मृतककी श्रीमती जमिला खातुनले घटना अप्रत्याशित भएको बताउँदै भनिन्, “घरमा खाना खान आउँदा कुनै समस्या देखिएको थिएन। तर, बाहिर गएको केही समयमा बेहोस भएको सुनेर हामी सबै आत्तियौं।”

स्थानीयहरूका अनुसार चिसोको प्रभाव दिनदिनै बढ्दै गएको छ, जसका कारण स्वास्थ्य समस्या थपिएको छ। मृतक हकको निधनले गाउँमा शोकको माहोल छाएको छ।

यस घटनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैलाई सचेत रहनु पर्ने सन्देश दिएको छ। स्थानीय निकायले चिसोबाट बच्ने उपाय र सहयोगका कार्यक्रमलाई प्राथमिकता दिनु पर्ने माग समेत उठेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट