
जनकपुरधाम, पुस २२ गते ।
मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मंत्री रानी शर्मा तिवारीले एक समारोहबीच लघु वृत्तचित्र “इजोरिया”को सार्वजनिकरण गरेकी छिन । सो अवसरमा शिक्षा तथा संस्कृति मंत्री तिवारीले शिक्षा सुधार मा जनचेतना मुलक वृत्तचित्र इजोरियाले महत्त्वपूर्ण प्रभाव पर्ने कुरा बताएकी छिन ।
मधेश प्रदेश नीति आयोगका पुर्व उपाध्यक्ष प्रा डा भोगेन्द्र झाको भाषा सम्पादन, मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादवको परिकल्पना तथा पटकथा निर्देशन एवं डा एस के सिंहको सह निर्देशन तथा डा निरन्जन गोइतको संयोजनमा जनचेतनाको लागि निर्मित लघु वृत्तचित्र इजोरिया ५ मिनेट ११ सेकेन्ड अबधि अत्यन्त सानो लघु वृत्तचित्र रहेको छ ।
सो वृत्तचित्रमा दलित तथा गरिब विपन्न वालवालिकाहरुलाई शिक्षित बनाउन का लागि हेल्दी स्कुल अभियान अन्तर्गत दलित वस्तीमा निशुल्क ट्युसन सेन्टर संचालन, सामुदायिक विद्यालयहरुमा निशुल्क स्वास्थ्य शिविर, शिक्षक प्रोत्साहन, बालवालिकाहरुको लागि खेलकुद व्यवस्थापन, बाल तथा वातावरण मैत्री विद्यालय निर्माण सहित शैक्षिक सुधार र स्वस्थ र समृद्ध समाज निर्माण का लागि शिक्षा को महत्त्वलाई विशेष रुपमा दर्शाएको छ ।
हेल्दी स्कुल अभियान का संयोजक डा निरन्जन कुमार गोइत को अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा हेल्दी स्कुल अभियानका बरिस्ठ सल्लाहकार प्रा. डा. भोगेन्द्र झा, आम संचार मिडिया प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिलका अध्यक्ष कैलाश दास, वरिस्ठ पत्रकार लेखक सुजित कुमार झा र हेल्दी स्कुल अभियानका संस्थापक युवा समाजसेवी रवि कुमार गोयन्का सहितका वक्ताहरूले वृत्तचित्र इजोरियाको महत्त्व माथि प्रकाश पारेका छन ।