
पवन प्रसाद साह
बिरगंज, पुस २४ गते ।
पर्साबाट नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा नव-निर्वाचित पदाधिकारी र सदसहरुलाई हाेटल तथा पर्यटन व्यवसायी संघ बिरगन्जले सम्मान गरेकाे छ ।
बुधबार क्लासिक बेंक्वेटमा आयाेजित सम्मान तथा शुभकामना कार्यक्रममा हाेटल तथा पर्यटन व्यवसायी संघले पत्रकार महासंघकाे केन्द्रीय लेखा संयाेजकमा नवनिर्वाचित केसी लामिछाने, मधेस प्रदेश अध्यक्षमा नवनिर्वाचित श्याम बन्जारा, पर्सा अध्यक्षमा नवनिर्वाचित ओमप्रकाश खनाल लगायतलाई सम्मान गरेकाे हाे ।
यस्तै प्रदेश सचिवमा निर्वाचित दीपक गाैतम, पर्सा जिल्ला उपाध्यक्षमा निर्वाचित निलिमा पाैडेल, जिल्ला सचिव विजय चाैहान, सह-सचिव अजय चाैरसिया र एस के चाैरसिया, जिल्ला कार्यसमिति सदस्यहरु प्रमाेद गुप्ता, राहुल गुप्ता, बलराम शुक्ला, तिवारी यादव, श्याम कुशवाहा, प्रकाश तिवारी, आराेहण साह, प्रदेश पार्षद दिपेन्द्र साह, ग्यासु मिया देवान लगायतलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पत्रकारहरुलाई गोजी पत्रकारिताको सट्टा खाेजी पत्रकारिता गर्न आग्रह गरे । पत्रकार र होटेल तथा पर्यटन व्यवसायीहरुको पेशागत संरक्षणका लागि आफू साकारात्मक रहेको उनले बताए ।
हाेटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तकाे अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालकाे प्रमुख अतिथिमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव दिपेन्द्र चाैहान, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कुमाेध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, संघका उपाध्यक्ष रचेन्द्र थापा, माधव बस्नेत, कुबेर कार्की लगायतकाे सहभागीता थियाे ।