https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस २४ गते ।
महाेत्तरीकाे सोनमा गाउँपालिकाको विभिन्न वडा बाट एम. बि. बि. एस. को स्कलरसिपमा नाम निकाल्न सफल भएका ४ जना विद्यार्थीलाई गाउँ पालिका अध्यक्ष बिशेश्वर प्रसाद यादवद्वारा पुरस्कृत गरिएको छ ।

देशको विभिन्न क्याम्पसहरुमा नाम निकालेर एम. बि. बि. एस. को स्कलरसिपमा पढ्ने ४ जनालाइ ४१/४१ हजारका दरले पुरस्कार प्रदान गर्नु भएका छ्न । पुरस्कार पाउनेमा सोनमा गा.पा. वडा न. १ बस्ने अमन कुमार यादव, वडा नं. १ बस्ने संजिव कुमार यादव, वडा नं. ७ बस्ने अजय कुमार साह, वडा नं. ७ बस्ने निरज यादव रहेका छ्न।

गाउँपालिका बाट उच्च शिक्षा हासिल गर्न प्रेरित गर्न, हौशला बढाउन र बौधिक बृधी गर्नको लागि दुई आर्थिक वर्षदेखी लगातार यस्तो योजना ल्याइ स्कलरसिपमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिदै आइरहेको कुरा गा.पा. अध्यक्ष बिशेश्वर प्रसाद यादवले बताएका छन । अगामी दिनमा पनि एम. बि. बि. एस. लगयत कक्षा १०, कक्षा ८ र अन्य बिधामा नाम निकाल्ने विद्यार्थीहरुलाइ समेत पुरस्कृत गर्ने योजना रहेको अध्यक्ष यादवले बताएका छन ।

गा.पा अध्यक्षले ल्याउनु भएका यो कदम देशकै नमुना योजना रहेको छ, यस्तो योजना बाट गा.पा. का अन्य विद्यार्थीहरु लाई पढ्नको लागि हौसला बढ्ने कुरा पुरस्कृत विद्यार्थीका अभिभावक प्रमेश्वर यादवले बाताएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट