https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय मिश्रा
कृष्णनगर, पुस २५ गते ।
कपिलवस्तुमा ३ हत्या सहित पाँच वटा मुद्दाको एउटै फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाकाे कृष्णनगर नगरपालिका- १ गुर्चिहवा (साविक गाविस वडा नम्बर ५) बस्ने ५७ वर्षीय साेमई भन्ने प्रकाश कहारलाई उक्त आराेपमा प्रहरीले पक्राउ गरि कारागार चलान गरेकाे हाे ।

प्रहरीका अनुसार ३ हत्या, १ डाँका तथा चोरी मुद्दा गरी ५ वटा मुद्दा कहारलाई लागेका छन् । ६१ वर्ष कैद सजाय भएका फरार कहारलाई खाेजतलास गर्ने क्रममा गुर्चिहवाबाटैे पक्राउ गरिएकाे हाे ।

विभिन्न मितिमा फैसला भई कैद सजाय र बाँकी ३ लाख ५२ हजार ७ सय ७८ रुपैयाँ जरिवाना असुल उपरको लागि फरार प्रतिवादी कहारलाई जिल्ला अदालतमा पेश गरि बिहिवार कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले नायव जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट