https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

प्रदिप श्रेष्ठ
काठमाडौँ, पुस २६ गते ।
११ जनवरी – राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रबार ‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, फोटो पत्रकार, विभिन्न कलाकार र सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिलिपि अधिकार कलाकार र पत्रकारमाझको साझा बौद्धिक समस्याका रूपमा रहेको बताउँदै यसलाई ऐनमा समावेश गरि सम्बोधन गर्नुपर्ने बताए। सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिलिपि अधिकार ऐनमा कला र फोटोग्राफीलगायतका विविध विषय छुटेको भन्दै यस विषयमा संस्थागत आवाज उठाएर कानूनी व्यवस्था गर्नुपर्ने धारणा राखे।

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारले आफ्नो अधिकारका विषयमा आवाज उठाउनु आवश्यक रहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घका एसोसिएट प्रदेश समिति अध्यक्ष रोयल आचार्यले जटिल विषयमा छलफल गरेर संसदीय समिति र सम्बन्धित मन्त्रीसँग पनि संवाद गर्नुपर्ने बताए। नेपाल प्रतिलिपि अधिकार राजिस्ट्रारको कार्यालयका प्रतिनिधि शालिकराम खतिवडाले प्रतिलिपि अधिकार ऐनका लागि सरोकारवालाबाट सुझावहरूको आवस्यकता रहेको बताए।

कार्यक्रमका सभाध्यक्ष सौरगंगा दर्शनधारीले विद्यालय स्तरबाटै प्रतिलिपि अधिकारको बारेमा सचेतना दिनु आवश्यक भएको बताए। कार्यक्रममा सहजीकरण केशव राज खनालले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट