https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय मिश्रा
कपिलवस्तु, पुस २६ गते ।
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको आयोजना तथा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा खडैचाको सभाहलमा सरसफाई सम्बन्धी वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी चौधरीले सरसफाईको अभियान आफैंबाट सुरु गर्नुपर्ने र वातावरणीय सरसफाईमा निरन्तर ध्यान दिनुपर्ने बताइन्। उनले पालिकाबाट सरसफाई सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै कालिका स्वालंबनकी कमला शुक्लाले पोषण र पोसिलो कार्यक्रम संचालनका क्रममा आफूहरूले सरसफाई अभियानमा समेत सहकार्य गरेको बताइन् ।

सरसफाई तथा खानेपानी शाखाका अर्जुन बेल्वासेले विजयनगर गाउँपालिकाको कुल घरधुरी संख्या ६८१० रहेकोमा ५०७४ घरधुरीमा शौचालयको व्यवस्था भएको र १७३६ घरधुरीमा शौचालयको अभाव रहेको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले सरसफाई सम्बन्धी चनचेतना अझै फैलाउनुपर्ने आवश्यकता रहेको बताए। उनले आफूले गरेको फोहोर आफैले सफा गर्ने बानीको विकास गर्नुपर्ने कुरामा जोड दिए ।

विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम अर्यालले सरसफाई अभियानलाई निरन्तर चलाउनुपर्ने भन्दै शिक्षक, प्रधानाध्यापक, र सम्पूर्ण सरोकारवालाले आफ्ना क्षेत्रको निरीक्षण गरेर शौचालय बनाउन र प्रयोग गराउन पहल गर्नुपर्ने बताए ।

कार्यक्रमका अध्यक्ष गोपाल बहादुर थापाले सरसफाईलाई एक वृहत कार्यक्रमको रूपमा लिइएको बताउँदै पालिकाले विशेष अनुदानबाट लगभग ६ करोड खर्च गरी सरसफाईको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको जानकारी दिए। उनले उपस्थित सुझावहरूलाई आत्मसात गरि शौचालय निर्माण र प्रयोगमा तिब्रताका साथ लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा वडाध्यक्ष प्रेम बहादुर कलवार, अनवार अहमद, शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट