https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

प्रदिप दास
रौतहट, पुस २६ गते ।
रौतहट जिल्लाको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले चिसो मौसमका कारण प्रभावित नगरवासीलाई राहत प्रदान गर्न विशेष पहल गरेका छन्। लगातारको हुस्सु र कुहिरोका कारण अत्यधिक चिसोको सामना गरिरहेका नागरिकलाई राहत पुर्‍याउन नगर प्रमुख जयसवालले सार्वजनिक स्थानहरूमा दाउरा वितरण गरेका छन् ।

नगरका प्रत्येक वडामा चौक, चौतारा, मठमन्दिर, र प्रहरी चौकीजस्ता स्थानमा आगो बाल्नका लागि काठको व्यवस्था गरिएको छ। यस कार्यमा नगर प्रमुख आफैं उपस्थित भई चिसोको चपेटामा परेका नागरिकहरूको समस्या समाधानका लागि सक्रियता देखाएका छन् ।

यसका साथै, गरुडा नगरपालिकाले अति गरिब, विपन्न र दलित समुदायका १,२०० जनालाई कम्बल वितरण गरेको छ। यी कम्बलहरू विशेष गरी चिसोबाट प्रभावित परिवारलाई प्राथमिकताका साथ प्रदान गरिएको हो। नगर प्रमुख जयसवालका अनुसार, यस राहत कार्यले चिसोको प्रतिकूल प्रभावलाई कम गर्न ठूलो सहयोग पुर्‍याएको छ ।

नगरवासीहरूले जयसवालको यस कदमको प्रशंसा गर्दै, नगरपालिकाको छवि सकारात्मक बन्ने विश्वास व्यक्त गरेका छन्। यस प्रयासले गरुडा नगरपालिकालाई अन्य स्थानीय तहका लागि पनि प्रेरणाको स्रोत बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार