https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस २६ गते ।
सरकारले हालै दुई नयाँ विश्वविद्यालय, मधेश विश्वविद्यालय र कृषि विश्वविद्यालयका लागि बजेट विनियोजन गरेको छ। तर, यसले आगामी दिनमा रोजगारी सिर्जनाका सम्भावनाहरू कस्तो हुने भन्ने प्रश्न उठाएको छ पुर्व राज्यमन्त्री तथा प्रदेश सांसद मा. सराेज कुशवाहाले बताए । शुक्रबार मधेश प्रदेश सभाको चौथो अधिवेशनमा आफ्नो शुभकामना एवं सुझाव सहितको मन्तव्य राख्दै : प्रदेश सांसद सरोज सिंह कुशवाहाले स्थानीय तथा राष्ट्रिय स्तरमा यसबारे विभिन्न प्रतिक्रिया आइरहेकाे उहाँले बताए । धेरैले यी विश्वविद्यालयहरूको स्थापनाले रोजगारीको अवसर सिर्जना गर्ने आशा व्यक्त गरेका थिए भने कतिपयले सरकारले यसको दीर्घकालीन योजनाबारे अझै स्पष्ट रूपमा जानकारी दिनुपर्ने माग राखेका उहाँले बताए ।

सरकारले यस कदमबाट शैक्षिक विकास र सीपमूलक शिक्षालाई प्रवर्द्धन गर्दै नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने योजना बनाएको भएपनि, यसले कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने विषयमा जनतामा केही असमञ्जस देखिएको सांसद कुशवाहाले जनाए । विशेष गरी, यी विश्वविद्यालयहरूले रोजगार बजारमा कस्तो योगदान दिन्छन् र विद्यार्थीहरूलाई रोजगार दिन सक्षम बनाउँछन् कि छैनन् भन्नेमा ध्यान दिन आवश्यक देखिएको कुशवाहाले जनाए ।

मधेस प्रदेशको अधुरो सपना: संघीयताको वकालत गर्ने प्रदेशको गतिरोध

मधेस प्रदेशले संघीयताको अवधारणालाई साकार पार्दै अरु प्रदेशहरूलाई पनि प्रेरित गरेको इतिहास स्मरणीय छ। संघीयताकाे मर्मलाई गहिरोसँग आत्मसात् गर्दै यस प्रदेशले आफूलाई अग्रगामी बनाएर विकासका विभिन्न आयामहरूमा उल्लेखनीय प्रगति गरेको थियो। पहिल्यैको कार्यकालमा मधेस प्रदेशका योजना र कार्यान्वयनका विधिहरू अरु प्रदेशहरूको लागि उदाहरणीय बनेका थिए ।

तर, हालको समयको गतिविधि हेर्दा मधेस प्रदेशका नागरिकहरूमा निराशा छाएको छ। यो वर्ष प्रदेशले आफ्नो प्रारम्भिक उत्साह र गतिलाई कायम राख्न नसकेको देखिएको छ। योजना बनाउने तर कार्यान्वयनमा कमजोर देखिने स्थिति बढ्दै गएको छ। यसले गर्दा मधेस प्रदेशका बासिन्दाहरूले प्रदेशको भविष्यप्रति शंका गर्न थालेका छन् उहाँले बताए ।

सामाजिक, आर्थिक, र राजनीतिक पक्षहरूमा मधेस प्रदेशले आफ्नो सशक्त उपस्थिति जनाउन नसक्दा, संघीयताको वकालत गर्ने प्रदेशका रूपमा रहेको छवि धमिलिंदै गएको छ। संघीयता सुदृढ गर्ने मार्गमा अगाडि बढ्नुपर्ने यो प्रदेशले हालैका गतिविधिमा अपेक्षित सफलता प्राप्त गर्न नसक्दा, अधुरो सपनाका रूपमा मधेस प्रदेशको विकास यात्रा थामिएको देखिन्छ कुशवाहाले जनाए ।

यो अवस्थाले प्रदेश सरकारको क्षमता र राजनीतिक नेतृत्वको भविष्यप्रति गम्भीर प्रश्न उठाएको छ। मधेस प्रदेशलाई आफ्नो पुरानो गौरव फर्काउन र संघीयताको सशक्त अधिवक्ता बन्न फेरि एकपटक नयाँ ऊर्जा र समर्पणका साथ अघि बढ्न जरुरी देखिएको सांसद कुशवाहाले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार