https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद शाह
बिरगंज, पौष २७ गते ।
नेपाल राष्ट्रबाद संघ, नेपाल विद्वत परिषद, शिव सेना नेपाल, देशभक्त राजभक्त, वीर गोर्खाली, राष्ट्रवादी नागरिक समाज, राष्ट्रिय संघर्ष समिति, राष्ट्रवादी शान्ति समूह, र विश्व हिन्दु महासंघको संयुक्त आयोजनामा आज बिरगंजमा राष्ट्रनिर्माता श्री ५ वडा महाराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।

यस अवसरमा वीरगंजको घण्टाघर चोकबाट सुरु भएको र्‍याली बाजागाजा सहित घण्टाघर हुँदै माइथान, अलखियामठ, घडिर्वा पोखरी हुँदै पुनः घण्टाघरमा आइ कोणसभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रबाद संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहले पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै देशलाई चलाउन राजसंस्था आवश्यक रहेको विचार व्यक्त गरे। उनले कुनै पनि पार्टी वा संगठनले राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापनाका लागि आ-आफ्नो योगदान दिनुपर्ने आग्रह गरे ।

कार्यक्रममा रामनारायण साह, सतार अंसारी, पृथ्वी झा, अनु राणा, बिरेंद्र थापा, दिपेंद्र रौनियार, प्रेम सर्राफ, संगिता देवी साह, उमाशंकर प्रसाद, राजेन्द्र पाल, बजरंगी, विष्णु कुमार दास, सन्तोष गुप्ता, अच्छे लाल साह, राजेश यादव, बिरेंद्र साह तेली, परमेश्वर साह, र पवन प्रसाद साहले पनि पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गर्दै राजतन्त्रको आवश्यकता रहेको धारणा राखेका थिए ।

कार्यक्रममा सहभागीहरुले ‘राष्ट्रिय एकता दिवस जिन्दावाद’ र ‘राजा आउ, देश बचाउ’ भन्ने नारासहित पृथ्वी जयन्ती मनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट