
गाैशाला, पुस २७ गते ।
महोत्तरीको रामगोपालपुरस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको सभाहलमा जिल्ला सहकारी संघ लिमिटेड, जलेश्वर, महाेत्तरीको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा सहकारी संघका सदस्यहरू, प्रतिनिधिहरू तथा विभिन्न सहकारी संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सभाले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको प्रगति, उपलब्धि र आगामी योजनाहरूको बारेमा छलफल गर्यो ।
यस अवसरमा विभिन्न वक्ताहरूले सहकारीको भूमिकालाई अझै प्रभावकारी बनाउने र जिल्लामा सहकारी अभियानलाई सुदृढ पार्ने विषयमा आफ्नो धारणा व्यक्त गरे । साथै, सभाले आगामी वर्षका लागि विभिन्न नयाँ योजनाहरू अनुमोदन गर्दै सहकारीको भविष्यको दिशानिर्देशन समेत गरेको छ ।
कार्यक्रमको समापनमा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै सहकारी संघका अध्यक्ष लक्ष्मण यादवले आगामी दिनहरूमा सहकारीको थप प्रगति र सुदृढीकरणको लागि प्रतिबद्धता जनाएका छन् ।