https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, पुस २८ गते ।
सर्लाहीको कविलासी नगरपालिका-८ स्थित सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हे.क्वा सर्लाहीको ग्राउण्डमा भिड नियन्त्रण सम्बन्धी डेमो अभ्यास सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह र सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हे.क्वा सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनोद राज खनालको उपस्थितिमा उक्त अभ्यास गरिएको हो ।

नेपाल प्रहरीको वार्षिक कार्य सम्पादन सम्झौताअन्तर्गत भएको उक्त अभ्यासमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक उद्धव पोखरेलको कमाण्डमा ३५ जना प्रहरी र सशस्त्र प्रहरी निरीक्षक सुबाश चन्द्र मैनालीको कमाण्डमा २५ जना सशस्त्र प्रहरीले सहभागिता जनाएका थिए ।

यस अभ्यासले सम्भावित भिड नियन्त्रणको परिस्थितिमा आवश्यक रणनीति र उपायहरूलाई तिखार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट