
गाैशाला, पुस २८ गते ।
जनमत पार्टीका केन्द्रीय सदस्य तथा महोत्तरी क्षेत्र नं. ३ (ख) का प्रदेशसभा प्रत्याशी दिपेन्द्र मधेशी सहित दर्जनौं युवा जसपा, नेपालमा प्रवेश गरेका छन् ।
आइतबार जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा जसपा, नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र जसपा नेपालको राजनीतिक समिति सदस्य एवम् मधेश प्रदेश प्रमुख अभियन्ता हरि नारायण यादवको उपस्थितिमा उनीहरूलाई पार्टीमा स्वागत गरियो ।
मधेशीसँगै जनमत पार्टीका शुभास मिश्रा, बैद प्रकाश यादव, नवीन यादव, गोपाल यादव, राम अनेक यादव, अनिल यादव, राम जनय यादव, प्रशान्त यादव, लभ ठाकुर, नरेश यादव लगायतका सक्रिय नेताहरू पनि जसपा, नेपालमा समाहित भएका छन् ।
राष्ट्रिय अध्यक्ष यादवले नवप्रवेशीहरूलाई माला, अबिर र गम्छाले स्वागत गर्दै, सही राजनीतिक दिशामा अघि बढ्न सुझाव दिए ।