https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धनुषा, माघ २८ गते । 

धनुषाको सबैला नगरपालिका–१० स्थित बिरेंद्रबजार–महिनाथपुर सडक खण्डमा कार र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय सबैलाका अनुसार, उत्तरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च ८२२९ नम्बरको कारलाई दक्षिणतर्फ आउँदै गरेको ज ११ प ७७९६ नम्बरको एफजेड मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा सबैला–९ का २५ वर्षीय अमन कुमार साहको घटनास्थलमै मृत्यु भएको छ ।

सोही मोटरसाइकलमा सवार २३ वर्षीय आकाश कुमार जायसवाल गम्भीर घाइते भएका छन् । उनलाई जनकपुरको निरो अस्पतालमा भर्ना गरिएको छ ।

घटनामा संलग्न कार र त्यसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक दीपक क्षेत्रीले जानकारी दिएका छन् ।

यस दुर्घटनाले सडक सुरक्षामा ध्यान दिनु पर्ने आवश्यकता औंल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट