
गाैशाला, पुस २९ गते ।
महाेत्तरीकाे मनरा शिसवा नगरपालिका वडा नं. ८ स्थित सहसराममा जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा आयोजित आधारभूत संगठन निर्माण तथा अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा जसपा नेपालको स्थानीय नेतृत्व, सदस्यहरू, तथा जनसमुदायको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य पार्टीको स्थानीय संगठनलाई बलियो बनाउँदै संगठनको संरचना र कार्यशैलीबारे अभिमुखीकरण गर्नु थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय तथा स्थानीय नेताहरूले सम्बोधन गर्दै जसपा नेपालको सिद्धान्त, नीति, र कार्यक्रमबारे जानकारी गराएका थिए। उनीहरूले स्थानीय स्तरमा पार्टीको सक्रियता बढाउन र जनतासँगको सम्बन्ध थप सुदृढ बनाउन विशेष जोड दिए ।
स्थानीय स्तरका नेताहरूले समेत संगठन निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमले सहसराममा जसपा नेपालको उपस्थिति र जनसमुदायमा पार्टीप्रति विश्वास बढाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
सहभागीहरूले यस कार्यक्रमलाई सफल बनाउने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।


