https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, माघ १ गते ।
मधेशी जनताको त्याग र बलिदानबाट स्थापित संघीयतालाई समाप्त पार्ने षडयन्त्र भइरहेको पूर्व कृषि मन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य हरि नारायण यादवले बताएका छन्। सर्लाहीको मलंगवामा आयोजित जसपा नेपालको जिल्ला कार्य समिति सर्लाहीको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता यादवले मधेशी, आदिवासी, जनजाति तथा उत्पीडित जनतालाई संघीयता आवश्यक रहेकोले शासक वर्गले यसलाई समाप्त पार्न विभिन्न षडयन्त्र गरिरहेको उल्लेख गरे। उनले यसप्रति सबैलाई सचेत रहन आग्रह समेत गरे ।

बैठकमा जसपा नेपालका प्रदेश अध्यक्ष बाल किशोर यादवले मुलुकमा नवितम सोचका साथ परिवर्तनका प्रमुख संवाहकका रूपमा जसपा नेपाल रहेको बताए । उनले मुलुकका विभिन्न साधन स्रोतमा जनजातिको पहुँच रहे पनि चाहे जस्तो उपलब्धि हासिल गर्न नसकेको बताए । मधेशी जनताले आन्दोलनको माध्यमबाट आफ्नो पहिचान स्थापित गर्न सफल रहेको भन्दै उनले अझै पनि मधेशी जनतामाथि विभिन्न किसिमका विभेद कायमै रहेकाले विभेदलाई अन्त्य गर्न संगठन निर्माणमा जुट्न सबैलाई आग्रह गरे ।

जसपा नेपाल सर्लाहीका जिल्ला अध्यक्ष बिरेन्द्र कुमार रायले “जनतासँग जसपा नेपाल” आधारभूत संगठन निर्माण अभियान जस्तो चाहिएको थियो, त्यो हुन नसकेको स्वीकार गर्दै अझ सशक्त रूपले अगाडि बढाउन जोड दिए । उनले हालसम्म दस पालिकामा मात्र अभियान सञ्चालन गरिएको र सर्लाहीमा मात्रै ३०,००० सदस्य बनाउने लक्ष्य लिएको जानकारी गराए । अध्यक्ष रायले वडा सम्मेलन समयमै सफलता पूर्वक सम्पन्न गर्न तदारूकताका साथ अगाडि बढ्नुपर्ने र माघ मसान्तसम्ममा सदस्यता विवरण प्रदेश कमिटीमा बुझाउनुपर्ने बताए ।

बैठकले माघ ५ गते सहिद दिवस भव्यताका साथ सम्पन्न गर्ने निर्णय गर्‍यो ।

यसै बैठकमा हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य सत्य प्रकाश यादव तथा प्रदेश सचिव बन्दना झालाई जिल्ला अध्यक्ष बिरेन्द्र रायले दोसल्ला ओढाई सम्मान गरे ।

कार्यक्रममा जसपा नेपालका नेता मुकेश पण्डितले स्वागत मन्तव्य राखे भने कार्यक्रम सञ्चालन जसपा नेपाल जिल्ला कार्य समिति सर्लाहीका सचिव रंधिर यादवले गरे। बैठकमा जसपा नेपालका केन्द्रीय सदस्य प्रमोद साह, केन्द्रीय सदस्य किरण देवी, सुनैना देवी, आरती झा, केन्द्रिय प्रचार प्रसार विभाग सदस्य तथा प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनोज यादव, प्रदेश सदस्य विजय यादव लगायतका नेताहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट