https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजन चाैधरी
बारा, पुस २९ गते ।
लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. ले वार्षिक कार्ययोजना अनुसार सोमबार घोगेचौर समूहमा सदस्य विस्तार तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका सचिव सकुन्तला श्रेष्ठले प्रशिक्षण दिएकी थिइन् भने सञ्चालक सदस्य ज्योति हुमागाईको उपस्थिति रहेको थियो ।

कार्यक्रमको व्यवस्थापन संस्थाकी कर्मचारी पार्वती श्रेष्ठले गरिन् । प्रशिक्षणका क्रममा संस्थाको प्रारम्भदेखि हालसम्मको वित्तीय अवस्थाको विश्लेषण, हालका वित्तीय सेवाहरू, थप सुविधाहरू, र सामुदायिक उत्तरदायित्वको विषयमा चर्चा गरिएको थियो ।

सहकारी शिक्षाका क्रममा बजारमा देखिएको अस्वस्थ ब्याजदर प्रतिस्पर्धाबाट जोगिएर समुदायमा आधारित व्यवस्थापनलाई प्राथमिकता दिन सदस्यहरूलाई प्रेरित गरिएको थियो । कार्यक्रममा २० जना सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा प्रशिक्षकले सदस्यहरूलाई धन्यवाद दिदैँ आगामी दिनमा पनि सक्रिय सहभागिताको अपेक्षा व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट