
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माघेसङ्क्रान्ति लगायत चाडपर्वहरूले राष्ट्रिय एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
मुख्यमन्त्री शाहले आज शुभकामना सन्देश जारी गर्दै माघेसङ्क्रान्ति, मकरसङ्क्रान्ति, र माघी जस्ता चाडपर्वहरूले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउने विश्वास व्यक्त गरे ।
उनले देशभित्र र बाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, र समृद्धिको शुभकामना व्यक्त गर्दै विविधतामा एकताको भावना झल्काउने यस्ता चाडपर्वले राष्ट्रिय सहमति र मेलमिलापलाई अझ मजबुत बनाउने बताए ।