
राजेश सिंह
गाैशाला, माघ १ गते ।
माघे संक्रान्ति (तिला सकराइत) को विशेष अवसरमा मटिहानीमा खतवे जातिको कुलदेवी सोसिया निकुंझियाको परम्परागत पूजामा नगर प्रमुख श्री हरि प्रसाद मण्डल सहभागी भएका छन् ।
पुजामा नगर प्रमुख मण्डलले समुदायको परम्परागत धार्मिक संस्कारलाई सम्मान गर्दै सोसिया निकुंझियाको आशीर्वाद प्राप्त गर्न पूजामा भाग लिएका हुन्। कार्यक्रममा स्थानिय वासी, धार्मिक अगुवाहरू र खतवे समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नगर प्रमुख मण्डलले पूजाको क्रममा परम्परागत चाडपर्वले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई सुदृढ गर्ने बताउँदै सबैलाई यस्ता परम्पराहरूलाई जगेर्ना गर्न प्रोत्साहन गरे ।










