
गाैशाला, माघ १ गते ।
आज माघे संक्रान्ति (तिला सकराइट)को पावन अवसरमा मल्लाह (सहनी) जातिको कुल देवी कमला महारानीको मटिहानीमा परम्परागत पूजा सम्पन्न भएको छ । पूजा कार्यक्रममा नगर प्रमुख आदरणीय श्री हरि प्रसाद मण्डल ज्यूले सहभागिता जनाउँदै धार्मिक र सांस्कृतिक परम्पराका महत्वका बारेमा आफ्नो विचार व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा नगर प्रमुख मण्डल ज्यूले भने, “आजको यो पवित्र पर्वले हामीलाई एकताका साथ रहने र आफ्नो परम्परालाई सम्मान गर्ने प्रेरणा दिन्छ। मल्लाह समुदायको संस्कृति र धार्मिक परम्पराले हामीलाई आपसी सद्भाव र एकताको सन्देश दिन्छ ।” उनले, माघे संक्रान्तिको अवसरमा सम्पूर्ण समाजमा सुख, शान्ति र समृद्धिको कामना गर्दै आजको पूजालाई विशेष महत्त्व दिएको बताए ।
कमला महारानीको मटिहानीमा आयोजित परम्परागत पूजा कार्यक्रममा मल्लाह समुदायका नेता, समाजसेवी र अन्य स्थानिय नागरिकहरूको उपस्थितिमा पूजा विधि सम्पन्न भएको हो । पूजा पश्चात, नगर प्रमुख मण्डलले कुल देवीको आशीर्वाद प्राप्त गर्न र समाजमा समृद्धि ल्याउने उद्देश्यले विशेष शुभकामना व्यक्त गर्नुभयो ।
यो परम्परागत पूजा मल्लाह समुदायको महत्त्वपूर्ण सांस्कृतिक परम्परा रहेको बताइएको छ, जसले समाजमा धार्मिक र सांस्कृतिक समन्वय बढाउने भूमिका खेल्छ । माघे संक्रान्तिको अवसरमा गरिएको यस पूजा पर्वले सम्पूर्ण समाजमा एकता र सद्भावना फैलाउने विश्वास गरिएको छ ।
कार्यक्रममा सहभागी भएका अन्य प्रतिनिधिहरूले पनि मल्लाह समुदायका परम्परा र संस्कृतिलाई सम्मान गर्दै यस प्रकारका धार्मिक अवसरहरूले समाजमा एकता र शान्ति कायम राख्न मद्दत पुर्याउने बताएका छन् ।












