
काठमाडौं, माघ १ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माघे संक्रान्ति पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । मंगलबार सामाजिक सञ्जाल मार्फत शुभकामना सन्देश दिँदै उनले माघे संक्रान्ति र माघी पर्वको सांस्कृतिक महत्वका बारेमा प्रकाश पारेका छन् ।
प्रधानमन्त्री ओलीले माघे संक्रान्ति पर्वलाई विशेषत: सूर्यको धनु राशिबाट मकर राशिमा संक्रमण गर्ने दिनका रूपमा व्याख्या गर्दै, यस दिनलाई मकर संक्रान्ति पनि भनिने बताएका छन्। साथै, उनले तराई क्षेत्रका थारु जातिको माघी पर्वको बारेमा पनि उल्लेख गरेका छन् ।
उनले आफ्नो सन्देशमा भनेका छन्, “आज माघे संक्रान्ति, तराई क्षेत्रमा थारु जातिको माघी पर्व पनि हो। सूर्य धनु राशिबाट मकर राशिमा संक्रमण (प्रवेश) गर्ने भएकोले यस दिनलाई मकर संक्रान्ति पनि भनिन्छ। आज घिउ, चाकु, तरुल, तील, खित्रो र विभिन्न प्रकारका कन्दमूल र थारु जातिहरूमा घुंगी खाने चलन छ। सबैलाई मकर संक्रान्ति र माघीको शुभकामना ।।
प्रधानमन्त्री ओलीले नेपाली समाजको विविधता र परंपरागत चाडपर्वको महत्वलाई मनन गर्दै सबैलाई समृद्धि, शान्ति र सुखको शुभकामना दिएका छन् ।