https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, माघ १ गते ।
महोत्तरीको गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महताेले माघे संक्रान्ति पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । मंगलबार सामाजिक सञ्जाल मार्फत शुभकामना सन्देश दिँदै उनले माघे संक्रान्ति र तराई क्षेत्रका थारु जातिको माघी पर्वको विशेषता बारेमा जानकारी दिएका छन् ।

नगर प्रमुख डा. महताेले माघे संक्रान्ति पर्वलाई सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनका रूपमा व्याख्या गर्दै यस दिनलाई मकर संक्रान्ति पनि भनिने बताए । साथै, उनले माघी पर्वको महत्व र परम्परा पनि उल्लेख गर्दै, थारु जातिको समुदायमा विशेष उत्सवका रूपमा मनाइने कुरा पनि जनाएका छन् ।

उनले लेखेका छन्, “आज माघे संक्रान्ति, तराई क्षेत्रमा थारु जातिको माघी पर्व पनि हो । सूर्य धनु राशिबाट मकर राशिमा संक्रमण (प्रवेश) गर्ने भएकोले यस दिनलाई मकर संक्रान्ति पनि भनिन्छ । आज घिउ, चाकु, तरुल, तील, खित्रो र विभिन्न प्रकारका कन्दमूल र थारु जातिहरूमा घुंगी खाने चलन छ। सबैलाई मकर संक्रान्ति र माघीको शुभकामना !!

नगर प्रमुख डा. महताेले सबै नागरिकलाई समृद्धि, शान्ति र खुशीको कामना गर्दै सामाजिक सद्भाव र एकताको महत्वमा जोड दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट