https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
महाेत्तरी, माघ १ गते ।
पुर्व राज्यमन्त्री तथा मधेस प्रदेशका सांसद मा. सराेज सिंह कुशवाहाले माघे संक्रान्ति र माघी पर्व २०८१ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । मंगलबार सामाजिक सञ्जाल मार्फत शुभकामना सन्देश दिँदै उनले माघे संक्रान्तिको सांस्कृतिक र धार्मिक महत्त्वलाई विशेष गरी रेखाङ्कित गरे । उनले भने, “आज माघे संक्रान्ति, तराई क्षेत्रमा थारु जातिको माघी पर्व पनि हो । सूर्य धनु राशिबाट मकर राशिमा संक्रमण (प्रवेश) गर्ने भएकोले यस दिनलाई मकर संक्रान्ति पनि भनिन्छ ।”

सांसद कुशवाहाले माघे संक्रान्ति र माघी पर्वको अवसरमा घिउ, चाकु, तरुल, तील, खित्रो र विभिन्न प्रकारका कन्दमूलको सेवन गर्ने परम्परा रहेको र थारु जातिहरूमा घुंगी खाने चलन रहेको बताएका छन् । यस पर्वलाई समृद्धि र सौभाग्यको संकेत मानिन्छ र विशेष गरी कृषक वर्गका लागि यो समय राम्रो सुरुआतको प्रतीक मानिन्छ ।

उहाँले माघे संक्रान्ति र माघी पर्वको महत्त्वलाई उल्लेख गर्दै सबैलाई समृद्धि र सुख-शान्तिको कामना गरे । “सम्पूर्ण नेपालीलाई मकर संक्रान्ति र माघी पर्वको शुभकामना छ । यस पर्वले हामी सबैका जीवनमा खुशीयाली र समृद्धि ल्याओस्,” उनले सन्देशमा भने ।

सांसद कुशवाहाले यो अवसरमा नेपाली समाजका विविध सांस्कृतिक पर्वहरूको महत्त्वलाई जिवित राख्न र आगामी दिनहरूमा देशको समृद्धि र शान्तिका लागि सबै एकजुट भएर अघि बढ्न आह्वान गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट