
चन्दन महताे
राैतहट, माघ १ गते ।
रौतहट जिल्लाकाे ईशनाथ नगरपालिकाको नगर प्रमुख श्रीमती कौशल्या देवीको विशेष पहलमा खरिद गरिएको वारुण यन्त्र आजदेखि सेवा सुचारु भएको छ । नगर प्रमुख श्रीमती कौशल्या देवीले विधिवत पूजा गरी वारुण यन्त्रको सञ्चालन सुरु गरेपछि नगरवासीहरुमा खुशीको लहर छाएको छ ।

वारुण यन्त्रको सञ्चालनले नगरपालिकामा आपतकालीन अवस्थामा आगलागीबाट हुने क्षति न्यूनीकरणमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरिएको छ । नगर प्रमुख कौशल्या देवीले यो यन्त्रको सेवा सुरु भएपछि आगलागीका घटनाबाट हुने क्षति कम हुने आशा व्यक्त गर्दै, नगरवासीहरुलाई अहिले जाडोकाे माैसम भएकोले आगाे बाल्दा सुरक्षित र सतर्क रहन आग्रह गरिन् ।
उनले भने, “वारुण यन्त्रको समयमै प्रयोगले आगलागीका घटनाहरूमा तत्कालै नियन्त्रण गर्न सकिनेछ, जसले नगरको जनधनको सुरक्षामा ठूलो भूमिका खेल्नेछ । नगरवासीहरुले पनि यस यन्त्रको प्रभावकारी उपयोगका लागि सहकार्य गर्नुपर्छ ।”

नगरपालिकाले आगलागी नियन्त्रणमा रहेको यो नयाँ प्रणालीको कारण आपतकालीन सेवाहरू थप सशक्त हुने विश्वास गरिएको छ । यसले नगरवासीहरुको जीवन र सम्पत्तिको रक्षा गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ ।
नगरवासीहरुले नगर प्रमुख कौशल्या देवीको यस पहलको प्रशंसा गर्दै, नगरपालिकाको समग्र सुरक्षामा यो कदम प्रभावकारी हुनेमा विश्वास व्यक्त गरेका छन् ।