
काठमाडौं, माघ १ गते ।
नेपाल प्रज्ञा प्रतिष्ठानको हल, कमलादीमा आज राष्ट्रिय योग दिवस धुमधामका साथ मनाइयो । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिको लागि योग’ भन्ने नाराका साथ मनाइएको यो दिवसमा देशका ख्याति प्राप्त योगसम्बन्धी संस्थाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सामूहिक योग प्रदर्शन गरिनुका साथै योगका विभिन्न आसनहरूको अभ्यास गरियो । सो अवसरमा गुर्जो अभियन्ता तथा योग गुरु कमलबहादुर राजलवटले गुर्जो चियाको सेवा गरे । राजलवटले गुर्जोको औषधीय गुण र स्वास्थ्यका लागि यसको फाइदाबारे सहभागीहरूलाई जानकारी दिए ।

राजलवट विगत लामो समयदेखि योग प्रशिक्षणमा सक्रिय रहँदै आएका छन् । उनले गुर्जोको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले देशव्यापी अभियान सञ्चालन गर्दै आएका छन् ।
कार्यक्रममा सहभागीहरूले योग र गुर्जो चियाबाट लाभ उठाउँदै, योग दिवसले स्वस्थ समाज निर्माणमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।