https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

प्रदिप दास
रौतहट, माघ १ गते ।
रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ६ स्थित श्री बतहु माध्यमिक विद्यालय हर्षाहामा शिक्षा क्षेत्रको महत्वपूर्ण परियोजना सुरु भएको छ । संघीय समपुरक अनुदानको सहयोगमा निर्माण हुन लागेको साढे तीन तल्ले ३३ कोठे विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ ।

यस परियोजनाको शिलान्यास पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, संविधान सभा सदस्य रामकुमार भट्टराई, स्थायी समिति सदस्य नेत्री कल्याणी खड्का, वृन्दावन नगरपालिकाका नगरप्रमुख बिनोद प्रसाद कुर्मी र विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोको नेतृत्वमा गरिएको हो ।

५ करोड ३० लाख ५१ हजार ४१६ रुपैयाँको लागतमा निर्माण हुने यस भवनले विद्यालयको भौतिक पूर्वाधारलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ । नयाँ भवनले विद्यार्थीहरुको सिकाइ वातावरणलाई सुधार गर्न सहयोग पुर्याउने र विद्यालयको क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा उपस्थित अतिथिहरुले शिक्षा क्षेत्रको विकासका लागि यस परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । वृन्दावन नगरपालिकाका नगरप्रमुख बिनोद प्रसाद कुर्मीले विद्यालयको शैक्षिक गुणस्तर उकास्न भौतिक संरचना मजबुत बनाउन आवश्यक रहेको बताए ।

शिलान्यास समारोहमा स्थानियवासी, शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । यो परियोजना पूरा भएपछि विद्यालयले आधुनिक सुविधा सम्पन्न कक्षाकोठा प्राप्त गर्नेछ, जसले विद्यार्थीको शैक्षिक प्रगतिको लागि थप अनुकूल वातावरण प्रदान गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार