https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, माघ १ गते ।
प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले जनयुद्ध, जनआन्दोलन, र मधेश आन्दोलनका उपलब्धीहरूलाई समाप्त पार्ने प्रयास गरेको भन्दै कांग्रेस र एमाले नेतृत्वलाई आरोप लगाएका छन् । संविधान संशोधनको विषयलाई लिएर आयोजित मधेश केन्द्रीत दलहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान सरकारले सीमान्तकृत वर्गको मुद्दालाई ओझेलमा पार्न खोजिरहेको बताए ।

डा. सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार २०४८ सालकै मानसिकताबाट अघि बढिरहेको भन्दै आलोचना गरे । उनले ०४८ सालको मानसिकता माओवादी जनयुद्ध, शान्ति प्रक्रिया, र मधेश आन्दोलनले तोडेको भए पनि अहिले फेरि त्यसलाई पुनर्जीवित गर्ने प्रयास भइरहेको आरोप लगाए ।

“देशमा ०४८ सालपछि धेरै परिवर्तन भएको छ । माओवादी जनयुद्ध, शान्ति प्रक्रिया, र मधेश आन्दोलनका उपलब्धीहरूलाई अहिले समाप्त पार्ने प्रयास गरिंदैछ, जुन हामीलाई स्वीकार्य छैन,” सिंहले भने ।

मधेश केन्द्रीत दलहरूको छलफल संविधान संशोधन र सरकारको रणनीतिलाई केन्द्रमा राखेर आयोजना गरिएको थियो । बैठकमा सरकारको काम कारबाही र आगामी रणनीति बारे पनि चर्चा गरिएको बताइएको छ ।

डा. सिंहले मधेश केन्द्रीत दलहरूले सरकारलाई सीमान्तकृत वर्गको अधिकार र मुद्दा प्रति सचेत गराउन निरन्तर प्रयास गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार