https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सम्सी, माघ २ गते ।
महोत्तरीको सोनमा गाउँपालिकामा बुधवार एक समारोहका बीच पालिका हुलाक कार्यालयको स्थापना गरिएको छ। ‘एक पालिका, एक हुलाक’ अवधारणा अन्तर्गत स्थापना भएको यस हुलाक कार्यालयले गाउँपालिकाका जनतालाई सरल, सहज, तथा सुलभ सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ ।

हुलाक कार्यालयको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष बिशेश्वर प्रसाद यादवले हुलाक कार्यालयको स्थापनाले सरकारी सेवा गाउँसम्म पुग्ने र जनताले सजिलै सेवा लिन सक्ने बताउनुभयो । सरकारी सेवाको पहुँच नपुगेका ठाउँमा हुलाक कार्यालयले जनताको समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो। साथै, उहाँले मालपोत र नापी सम्बन्धी कामको सुरुवात चाँडै हुने जानकारी दिनुभयो ।

जिल्ला हुलाक कार्यालय महोत्तरीका प्रमुख राम चन्द्र साहले हुलाक सेवाको ऐतिहासिक महत्व र ग्रामीण क्षेत्रमा यसको फाइदाबारे चर्चा गर्दै, स्थानीय तहमा सरकारी तथा व्यक्तिगत पत्राचार र अन्य सन्देश सेवाहरू सहज रूपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।

सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश प्रसाद साहले हुलाक कार्यालयले पत्राचार, पार्सल सेवा, र सरकारी सूचना आदानप्रदानजस्ता सेवाहरूलाई सहज बनाउने बताउनुभयो। उहाँले हुलाक सेवाको पुरानो महत्वलाई स्मरण गर्दै यसले गाउँपालिकाका जनतालाई ठूला फाइदा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बिशेश्वर प्रसाद यादव, जिल्ला हुलाक कार्यालयका प्रमुख राम चन्द्र साह, प्रमुख प्रशासकीय अधिकृत उमेश प्रसाद साह, हुलाक कार्यालयका कर्मचारीहरू, विभिन्न शाखाका प्रमुखहरू, समाजसेवीहरू र बुद्धिजीवीहरूको उपस्थिति थियो। समारोहमा सहभागीहरूलाई अबिर, माला, र खादा लगाएर स्वागत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार