https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महेश सिंह
सिरहा, माघ २ गते ।
सिरहाको लहान नगरपालिका-११ पडरियाकामा नवनिर्मित वडाकार्यालय भवनको उद्घाटन मेयर महेश चौधरीले एक भव्य समारोहका बीच सम्पन्न गर्नुभएको छ । यस भवनको उद्घाटनले स्थानीय सेवा प्रवाहलाई थप सुलभ र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहमा कांग्रेसका पूर्व क्षेत्रीय सभापति अच्छमित लाल चौधरी, वडा अध्यक्ष सुर्य नारायण चौधरी, बद्री चौधरी, श्याम अधिकारी थारु, तेजनारायण चौधरी, कार्यपालिका सदस्य सतौनीदेवी चौधरी, र कांग्रेस इकाई सभापति रामचन्द्र साहसहित स्थानीय समाजसेवी र अन्य गणमान्य व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

मेयर महेश चौधरीले उद्घाटन समारोहमा वडाकार्यालय भवनको निर्माणले स्थानीय जनताले पाउने सरकारी सेवाहरूमा गुणात्मक सुधार हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले वडा कार्यालयको प्रभावकारी सञ्चालनका लागि स्थानीय जनताको सहकार्य र समर्थनको आवश्यकता रहेको बताउनुभयो ।

समारोहमा उपस्थित कांग्रेस पूर्व क्षेत्रीय सभापति अच्छमित लाल चौधरीले नयाँ भवनको उद्घाटनले वडा स्तरमा प्रशासनिक कामकारवाहीलाई थप सरल र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै स्थानीय सरकारको प्रयासको सराहना गर्नुभयो। वडा अध्यक्ष सुर्य नारायण चौधरीले भवनको निर्माणमा योगदान दिने सबैलाई धन्यवाद दिँदै, स्थानीय जनताका आवश्यकताहरू पूरा गर्न यो कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उद्घाटन समारोहमा सहभागीहरूले भवनको स्थापनाले प्रशासनिक सेवाहरूलाई स्थानीयस्तरमै सहज बनाउने विश्वास व्यक्त गरेका थिए। समारोहमा स्थानीय समुदायका प्रतिनिधिहरू, समाजसेवी र वडाका अन्य कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो ।

नवस्थापित वडाकार्यालय भवनले लहान नगरपालिका-११ का बासिन्दालाई सरकारी सेवाहरू सजिलै उपलब्ध गराउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार