https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजन चाैधरी
बारा, माघ २ गते ।
थारु जातिको नयाँवर्ष माघी पर्व २०८१ को अवसरमा बाराको कोल्हवी नगरपालिका वडा नं. १ स्थित मनकामना चौकमा रहेको तमागढी अस्पताल प्रा.लि.ले आज एक पत्रकार सम्मेलनको आयोजना गरेको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा मुख्य प्रबन्धक बिबेक चौधरीको अध्यक्षतामा सम्पन्न सो पत्रकार सम्मेलनमा अस्पतालले माघ ३ गतेदेखि माघ ५ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने जानकारी दिएको छ ।

शिविरमा माघ ३ गते निःशुल्क थाइराइड परीक्षण, माघ ४ गते वरिष्ठ मुटु रोग विशेषज्ञ डा. जितेन्द्र कुमार मिश्राद्वारा मुटुको परीक्षण, र माघ ५ गते वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कुमार चौधरी र वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. नवीन कुमार सिंहद्वारा चेकजाँच गरिनेछ। शिविर अवधिमा ईसीजी, ल्याब परीक्षण, भिडियो एक्स-रे र सामान्य एक्स-रेमा ३०% छुटको व्यवस्था गरिनेछ ।

पत्रकार सम्मेलनमा कोल्हवी नगरपालिकाका प्रमुख राम प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । साथै, पुर्व नगर प्रमुख भरत बहादुर भण्डारी, वडा अध्यक्षहरू, शान्ति वृद्ध फाउन्डेशनका प्रेम नारायण चौधरी, कोल्हवी नगर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी साह कलवार, अनुप मा.वि. कोल्हवीको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोरी प्रसाद चौधरी, ने.क.पा. माओवादी केन्द्र कोल्हवी नगर अध्यक्ष रामचन्द्र साफी, र वरिष्ठ मुटु रोग विशेषज्ञ डा. जितेन्द्र कुमार मिश्राको उल्लेखनीय उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन राम कुमार उप्रेतीले गर्नुभएको थियो। यो शिविरले कोल्हवी नगरपालिकाका बासिन्दाहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार