https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, माघ २ गते ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ पर्सा जिल्लाको अधिवेशनमा हिरालाल साह कानु पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । लगातार तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका साह कानुको नेतृत्वमा १० सदस्यीय नयाँ जिल्ला कार्य समिति पनि सर्वसम्मत रुपमा चयन गरिएको हो ।

बुधबार पर्सा जिल्लाको ठोरी गाउँपालिकामा सम्पन्न एक दिने जिल्ला अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा लक्ष्मण प्रसाद साह, उपाध्यक्षमा यसोदा गजुरेल, महासचिवमा मदिरा राउत, कोषाध्यक्षमा राम नगिना साह कानु, र सहसचिवमा घनश्याम नायक चयन भएका छन्। समितिका अन्य सदस्यहरुमा हरि पराजुली, रबिन्द्र सिंह, पार्वति शर्मा र संतोशी खतिवडा रहेका छन् ।

त्यस्तै, महिला उद्यमी समितिको अधिवेशनमा पनि सर्वसम्मत रुपमा राधा हमाल अध्यक्षमा चयन भएकी छिन् । उपाध्यक्षमा ओम कुमारी, सचिवमा पिंकी गुप्ता र कोषाध्यक्षमा आरती गुप्ता चयन भएका छन् । समितिका सदस्यहरुमा सुनिता मानन्धर, राधिका खवास, भावना गुप्ता, कलावती न्योपाने, र अनिता बसौला रहेका छन् ।

यो अधिवेशनले पर्सा जिल्लामा घरेलु तथा साना उद्योगको विकासमा योगदान पुर्‍याउने नयाँ नेतृत्वलाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट