https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय मिश्रा
कपिलवस्तु, माघ ३ गते ।
जिल्लाको कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नयाँ पदाधिकारीहरूले एक कार्यक्रमको बीचमा शपथग्रहण गरेका छन्। उद्योग वाणिज्य संघ कृष्णनगरको पुस १९ गते सम्पन्न निर्वाचनमा निर्वाचित पदाधिकारीहरूलाई आज मुख्य निर्वाचन अधिकृतले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सनीउल्लाह धोबीले गरेका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकी, पूर्व राज्यमन्त्रीद्वय ईश्वर दयाल मिश्र र विरेन्द्र कुमार कानोडिया, पूर्व सांसद एवं संविधान सभा सदस्य अभिषेक प्रताप शाह, पूर्व प्रदेश मन्त्रीद्वय जानकी प्रसाद यादव र अर्जुन केसी, प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्की, मुस्लिम आयोगका सदस्य अरसद मिर्जा, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, प्रहरी उपरीक्षक निरन्जनदत्त भट्ट लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

प्रमुख अतिथि ढकालले कृष्णनगरको विकासमा पहल गर्ने प्रतिबद्धता जनाउँदै उद्योगी, व्यवसायीहरूसँग सधैँ साथ रहने बताएका छन्। कार्यक्रमका क्रममा नव निर्वाचित अध्यक्ष शर्माले व्यवसायी र उद्योगीहरूको पक्षमा रहेर बीमा योजना लगायतका महत्वपूर्ण कार्यहरू गर्ने घोषणा गरे ।

शपथ ग्रहणपछि नयाँ कार्यसमितिको बैठक बसेर तीन जना सदस्य शुभम अग्रवाल, सविता उपाध्याय र रामदिन जयसवाललाई मनोनित गरी कार्यसमितिलाई पूर्णता दिइएको छ । साथै, पूर्व अध्यक्ष विजय कुमार कानोडिया, रवि अग्रवाल, धनन्जय सिंह, साकीर अहमद शाह, कृष्ण प्रसाद अग्रहरी, ओममणि त्रिपाठी, दिनेश कुमार कानोडिया, र राम अवतार अग्रवाललाई आठ सदस्यीय सल्लाहकार समितिमा मनोनित गरिएको छ । स्थानीय सञ्चारकर्मी अंकुश कुमार श्रीवास्तवलाई प्रेस सल्लाहकारमा नियुक्त गरिएको वरिष्ठ उपाध्यक्ष नसरुल्लाह खाँले जानकारी दिए ।

नयाँ कार्यसमितिले प्रत्येक व्यापारीको दुर्घटना बीमा गर्ने र संघको खातामा बाँकी रहेको रकमलाई फिक्स डिपोजिट गर्ने निर्णय गरेको सचिव ऋषभ अग्रवालले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट