https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, माघ ४ गते ।
शितलहरसँगै जाडो बढ्दै गएपछि पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले बिहीबार छिपहरमाई गाउँपालिका र कालिकामाई गाउँपालिकाका विभिन्न वडाहरुमा गरिब तथा बिपन्न परिवारलाई न्यानो कपडा वितरण गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सिडिओ अर्यालले ४०० विपन्न परिवारका वृद्ध, वृद्धा र बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन् । वितरण गरिएका कपडाहरुमा टोपी, कम्बल, सुइटर, र ज्याकेट समावेश थिए ।

कपडा वितरण गर्दै सिडिओ प्रमुख अर्यालले जाडो बढेसँगै समस्यामा परेका अति बिपन्न परिवारलाई राहत दिन न्यानो कपडा वितरण गरिएको बताए। उनले विभिन्न दाताहरुको सहयोगमा विपन्न परिवारलाई राहत उपलब्ध गराउँदै आएको जानकारी दिए ।

राहत वितरण कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राधेश्याम धिमाल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासनिक अधिकृत दीपक पटेल, ब्रमदेव यादव र पत्रकार राहुल गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार