https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जलेश्वर, माघ ३ गते ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शुक्रबार आयोजित दलित समाज उत्थान समिति नेपाल र वर्ल्ड भिजन इन्टरनेशनलको एक कार्यक्रम भत्ता र खाना खुवाउन मात्रै केन्द्रित रहेको पाइएको छ । कार्यक्रममा सहभागिहरूले उद्देश्य भन्दा विपरित भत्ता र खानामै सीमित रहेको गुनासो गरेका छन् ।

एकडारा र सम्सी गाउँपालिकामा संचालित प्रोटेक्सन कम्युनिटी इन्गेजमेन्ट चाइल्ड स्पोन्सरसिप प्रोग्राम अन्तर्गत ओसिएमसी महोत्तरीको समन्वयमा बालबालिकाको सवाल न्यूनीकरण गर्न आयोजना गरिएको यो अन्तरक्रिया कार्यक्रम निर्धारित समय भन्दा ढिलो सुरु भएको र चाँडै समाप्त भएको थियो ।

कार्यक्रम विहान ९ बजे देखि दिउँसो ४ बजे सम्म संचालन गर्ने भनिए पनि, ११:३० बजे सुरु भई १२ बजे नबज्दै खाना र भत्ता वितरण गरि कार्यक्रम सकिएको हो । सहभागीहरूले कार्यक्रमको वास्तविक उद्देश्यबाट भट्किएको आरोप लगाएका छन् ।

अस्पताल विकास समिति जलेश्वरका अध्यक्ष मिनु झाले कार्यक्रमको उद्देश्य विपरित रहेकाले असन्तुष्ट भई कार्यालय फर्किएको बताए ।

आयोजकले गरेको पत्र अनुसार, बालबालिकाको अवस्था, स्थानीय पहल, बालबालिका सम्बन्धी मुद्दाहरूको प्रकृति र घटनाको प्रस्तुतिकरण गरिने भनिएको थियो । तर, छलफल नगरी कार्यक्रम झारा टार्ने शैलीमा समाप्त गरिएको सहभागीहरूको भनाइ छ । आयोजकको पत्रमा पनि खानपान र यातायातको व्यवस्था उल्लेख गरिएकोले औपचारिकता पूरा गर्न मात्रै कार्यक्रम आयोजना गरिएको देखिन्छ ।

सामाजिक हितका लागि गरिने यस्ता कार्यक्रमहरू उद्देश्य प्राप्तिमा केन्द्रित हुनुपर्नेमा सहभागीहरूको ध्यानाकर्षण छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार