राजेश सिंह
गाैशाला, माघ ५ गते ।
महाेत्तरी जिल्लाकाे बलवा नगरपालिकाका मेयर राम बिजय महतोको पहलमा आजदेखि नगरवासीहरूका लागि नयाँ एम्बुलेन्स सेवा सुरु गरिएको छ । यस सेवाले आकस्मिक स्वास्थ्य समस्या भोगिरहेका नगरवासीहरूलाई तात्कालिक उपचारमा पुग्न सहजता प्रदान गर्नेछ ।

मेयर महतोको यो कदम नगरपालिकाको स्वास्थ्य सेवामा सुधार ल्याउने महत्त्वपूर्ण पहलको रूपमा लिइएको छ । एम्बुलेन्स सेवाको शुभारम्भको क्रममा आयोजित कार्यक्रममा मेयर महतोले भने, “जनताको सेवा हाम्रो प्राथमिकता हो । यो एम्बुलेन्स सेवा नागरिकहरूको आकस्मिक स्वास्थ्य आवश्यकता पुरा गर्न समर्पित रहनेछ ।”

स्थानीय बासिन्दाहरूले मेयरको यो प्रयासलाई खुलेर स्वागत गरेका छन् । नगरवासीहरू अब आकस्मिक अवस्थाहरूमा एम्बुलेन्सको सहज पहुँचको कारण ढुक्क भएका छन् । यो सेवाले विशेष गरी गरिब र पिछडिएका वर्गलाई ठूलो राहत प्रदान गर्ने विश्वास छ ।
मेयर राम बिजय महतोको यस महान् योगदानका लागि बलवा नगरवासीहरू उहाँप्रति आभार व्यक्त गरेका छन् । स्थानीयहरूले यो सेवा बलवा नगरपालिकाको स्वास्थ्य सेवा क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हुने विश्वास व्यक्त गरेका छन् ।
यो पहलले नगरपालिकालाई स्वास्थ्य सेवा क्षेत्रमा नयाँ उचाइमा पुर्याउने र जनताका लागि थप सुविधाहरूको विकास गर्ने दिशा निर्देश गर्ने अपेक्षा गरिएको उप-मेयर राम दुलारी ठाकुरले बताए ।

