https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, माघ ५ गते ।
बलिदानी दिवसको अवसरमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका स्थित प्रादेशिक अस्पतालमा विशेष कार्यक्रम आयोजना गरिएको छ । मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल जिल्ला कार्यसमितिको आयोजनामा महोत्तरी जिल्ला अध्यक्ष विश्वनाथ यादवको अध्यक्षतामा १८ औं बलिदानी दिवस २०८१ मनाइएको हो ।

यस अवसरमा अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरियो । केरा, स्याउ, सुन्तला जस्ता फलफूल वितरण गर्दै बिरामीहरूको स्वास्थ्यमा सुधारको कामना गरियो । कार्यक्रममा मधेशवादी दलहरू र तिनका शुभेच्छुक संगठनहरूले शहीदहरूको प्रतिमामा माल्यार्पण गरे र बिरामीहरूलाई फलफूल वितरण गर्दै बलिदानी दिवस मनाए ।

फलफूल वितरण कार्यक्रमको क्रममा मधेश प्रदेश सदस्य तथा पूर्वमन्त्री सरोज सिंह कुसवाहाले अस्पतालको अवस्था र भर्नामा रहेका बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै, अस्पताल र बिरामीहरूको हितका लागि मन्त्रालयसम्म समन्वय गर्ने प्रतिबद्धता जनाए ।

यसै अवसरमा जनता समाजवादी पार्टी सहित विभिन्न मधेशवादी दलका नेता तथा कार्यकर्ताहरूले जलेश्वरको जिरोमाइलमा रहेको शहीद बगैंचामा सरसफाइ गर्दै शहीदहरूको स्मरणमा माल्यार्पण गरे । नगरप्रमुख सुरेश साह सोनार, पूर्वमन्त्री हरिनारायण यादव, मधेस प्रदेशका पुर्वमन्त्री तथा प्रदेश सांसद सुरिता कुमारी साह, पार्टीका नेता तथा कार्यकर्ताहरूले विभिन्न समयमा सहिद भएका रामनारायण मिश्र, शिवचन्द्र मिश्र, केशव कोइराला, मिथिलेश दुबे र रामबिलास ठाकुरको सालिकमा माल्यार्पण गरे ।

बलिदानी दिवसको यस कार्यक्रममा सहभागी सबैले मधेश आन्दोलन तथा अन्य राजनीतिक आन्दोलनमा सहिद भएका महान व्यक्तिहरूको योगदानलाई सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गरे । कार्यक्रमले सहिदहरूको बलिदानलाई स्मरण गर्दै उहाँहरूलाई उचित सम्मान प्रदान गरेको बुझिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट