
पवन प्रसाद साह
बिरगंज, माघ ५ गते ।
पर्सागढी वडा नम्बर ४, बखनरवा, दलित बस्तीमा सामान्य स्वास्थ्य जाँच र निःशुल्क जाडो लुगा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल हेल्थ क्पस नेशनल मेडिकल कलेजका एमबासडर एम.डी. उमर देवानको नेतृत्वमा आयोजित यस कार्यक्रमले स्थानीय दलित समुदायलाई स्वास्थ्य सेवा र जाडो लुगाको आवश्यकतामा सहयोग पुर्याएको छ ।
कार्यक्रममा नेपाल हेल्थ क्पस नेशनल मेडिकल कलेजका ४२ चिकित्सा विद्यार्थीहरू सक्रिय रुपमा सहभागी थिए । विभिन्न विभागका प्रतिष्ठित चिकित्सकहरू डा. मिना कुमार साह, डा. कुमुद लोहबारिया र डा. बिजय कुमार ज्याखोले स्वास्थ्य परामर्श प्रदान गरे ।

७०५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका यस कार्यक्रममा ३०४ महिला, २९६ पुरुष, र १०५ बालबालिका समावेश थिए । दम र मधुमेह जस्ता दीर्घकालीन रोगहरूको पहिचानले समुदायमा स्वास्थ्य सचेतनाको वृद्धि गरेको छ ।

साथै, ३०० जोडी जाडो लुगा वितरणले स्थानीय बासिन्दालाई जाडो महिनामा तातो र सुरक्षित राख्न मद्दत पुर्याएको छ । एम.डी. उमर देवानले भने, “यो कार्यक्रम तत्काल स्वास्थ्य आवश्यकताहरूको समाधान मात्र नभई दीर्घकालिक सहयोग र स्वास्थ्य शिक्षा प्रदान गर्न पनि केन्द्रित छ ।”
यस कार्यक्रमले समुदायमा एकता र आशाको भावना फैलाएको छ र भविष्यमा यस्ता थप कार्यक्रमहरू आयोजनाको योजना बनाएको छ ।