https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, माघ ८ गते ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–९ स्थित गोठबनौली र खोपीमा पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री एवं प्रदेश सांसद सरोज सिंह कुशवाहाले स्थानीय जनतासँग भेटघाट गरेका छन् । यस भेटघाटका क्रममा सांसद कुशवाहाले स्थानीय बासिन्दाका समस्याहरू सुनेर तिनको समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

भेटघाटका क्रममा स्थानीयहरूले कृषि, सिँचाइ, सडक निर्माण, स्वास्थ्य सेवा, र शिक्षा सम्बन्धी समस्याहरू उठाएका थिए । कुशवाहाले स्थानीयको गुनासो सुन्दै ती समस्याहरू समाधान गर्न प्रदेश सरकारसँग समन्वय गर्ने बताए । उनले जनताको माग र आवश्यकता अनुसार विकासका कामलाई प्राथमिकता दिने र गाउँगाउँमा जनतासँग प्रत्यक्ष संवाद गरेर समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सांसद कुशवाहाले ग्रामीण भेगमा विकासका कामलाई अझ तीव्रता दिने र जनताको सेवामा निरन्तर लागि रहने बताए। भेटघाट कार्यक्रममा स्थानीय अगुवा, किसान, शिक्षक, विद्यार्थी र महिलाहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको समापनमा सांसद कुशवाहाले जनताको समस्यालाई नजिकबाट बुझ्न र तिनको हितका लागि काम गर्न निरन्तर जनतासँगै रहने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट